१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने

काठमाडौं — आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने तयारी भएको बताए ।

पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उनीहरुले सम्बोधन गर्नेछन् ।

अधिकारीका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्ने तयारी छ ।

प्रकाशित : कार्तिक २३, २०७४ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?