कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यारेजमा आगलागी हुँदा एकको मृत्यु, दुईजना घाइते

कान्तिपुर संवाददाता

काठमाडौं — चुरोट सल्काउने क्रममा ग्यारेजमा आगलागी हुँदा एकको मृत्यु भएको छ । अन्य दुईजना कमदार घाइतेका भएका छन् ।

ग्यारेजमा आगलागी हुँदा एकको मृत्यु, दुईजना घाइते

त्रिपुरेश्वरको ज्योति पेट्रोल पम्प सँगैको ग्यारेजमा बिहीबार साँझ साढे ६ बजे आगलगी भएको हो । आगलागीमा ग्यारेज सञ्चालक बारा कैलया नगरपालिका–३ घर भएका मुलायम अलीको मृत्यु भएको छ । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कालीमाटी प्रहरी वृत्तका डिएसपी प्रदीप खत्रीका अनुसार ग्यारेजसँगै पेट्रोल पम्प जोडिएका कारण आगो फैलिने खतरा थियो । उनले भने, ‘समयमै दमकल र प्रहरी परिचालनबाट आगलागी निभाउन सकियो ।’

प्रकाशित : कार्तिक २३, २०७४ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?