कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ लाख घूससहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ

भीमदत्तनगर — अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले शुक्रबार जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु ६ लाख घूसको रकमसहित पक्राउ गरेको छ ।

६ लाख घूससहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ

प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु ६ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।

उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । घूसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख विष्णुसिंह विष्टले भने— 'अहिले घटनास्थलमा मुचुल्का हुँदैछ ।'

'घटनाको विस्तृत विवरण केही समयपछि सार्वजनिक हुन्छ,' उनले भने — शर्मा र पाण्डेयले निर्माण व्यवसायीबाट उक्त घूस लिइएको प्रारम्भिक जानकारी आएको छ ।

प्रकाशित : कार्तिक २४, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?