कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलुखुम्बुमा वाम र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाइते

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको सोताङमा शुक्रबार बाम गठबन्धन र कांग्रेस समूहबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ गम्भीर भएकी छन् । उनलाई शुक्रबार नै सेनाको हेलिकप्टरबाट थप उपचारका लागि राजधानी लगिएको छ ।

सोलुखुम्बुमा वाम र कांग्रेस कार्यकर्ताबीच झडप, दुई घाइते

र्का घाइते वाम गठबन्धन तर्फका घनश्याम नेपालीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको घटनास्थलबाट भद्रगोल किरातीले बताए । कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेद्वार बलबहादुर केसीको समूहले वाम गठबन्धनको प्रचार सामाग्री च्यातेको भन्दै बिहीबारदेखि नै सोताङमा विवाद चलेको थियो ।

रातिसमेत कांग्रेसका कार्यकर्ता बसेको घर वाम गठबन्धनका कार्यकर्ताहरुले घेरेर ढुंगामुढा गरेको आरोप बलबहादुर केसी पक्षको छ । बिहान केसी आफैंसहित सोताङ आइपुगेको टोलीसँग सामान्य भनाभन लगत्तै भिडन्त भएको थियो । केसी महाकुलुङ गाउँपालिकातर्फको कार्यक्रम सकेर फर्किँदै थिए ।

बाम गठबन्धन तर्फका घाइते घनश्याम नेपाली ।

माले नेता जगन्नाथ बास्तोलाले भने प्रहरीकै अगाडि केसी समूहका कार्यकर्ताले एक सय पचासभन्दा बढी पम्प्लेट च्यातेपछि राति घर घेराउ गरेको स्वीकारे । तर उल्टै घरमाथीबाट बोतल प्रहार भएको तर कसैलाई नलागेको बताए । तर बिहान केसी आफै आएर ‘कसको बल रहेछ त लु देखाउँ न’ भनेपछि झडपको स्थिति सिर्जना भएको बास्तोलाले बताए ।

बलबहादुर केसीले समेत 'दह्रो' झडप भएको स्वीकारे । उनले भने, ‘दह्रो झडप भयो । हाम्रो कार्यकर्तामाथी उनीहरुले रातभरि ढुंगामुडा गरेछन् । आज म पनि त्यहाँ आईपुग्दा पछाडीबाट ढुंगामुडा भयो । त्यसपछि झडप भयो । हाम्रातिरको दुईजना घाइते छन् । अरु कति भए मलाई थाहा छैन ।’ उनले प्रचार सामाग्री भने आफ्नो समूहले नभएर बाम गठबन्धनका कार्यकर्ताले च्यातेको आरोप लगाए ।

प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने घटना सामान्य भईसकेको बताए । उनले सर्वपक्षीय बैठक राखेर समस्या समाधान गर्न प्रहरी निरिक्षकको टोली घटनास्थलतर्फ पठाएको बताए ।

प्रकाशित : कार्तिक २४, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?