कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी प्रचारका गाडीमा आगजनी

दीपेन्द्र शाक्य

संखुवासभा — चैनपुरमा अज्ञात समूहले ल्याण्डरोभर गाडीमा आगजनी गरेका छन् ।

सोमबार बिहान २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको डिएसपी सन्तोष खड्काले बताए ।

चुनावी प्रचारका गाडीमा आगजनी

चैनपुरमा अज्ञात समूहले ल्याण्डरोभर गाडीमा आगजनी गरेका छन् ।

सोमबार बिहान २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन ।

उक्त गाडी बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएको बताइएको छ । प्रहरीले आगो लगाउने समुहको खोजी तीब्र पारेको जनाएको छ । गाडी पूर्णरुपमा जलेपनि मानवीय क्षति भने भएको छैन । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् ।

बारामा पनि प्रचारको गाडीमा विष्फोट
बारा- नेपाली कांग्रेसको प्रदेश सभा उम्मेदवार ओम कार्कीको प्रचार गाडीमा सोमबार विहान साढे ५ बजे बम विष्फोट भएको छ । निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार कार्कीको उक्त प्रचार गाडी जितपुरसिमरा १ स्थित चालकको घर अगाडि पार्किङ गरि राखेको बा१४च ६३३० नम्बरको स्कार्पियो गाडीमा कुकर बम विष्फोट भएको हो ।

विष्फोटले गाडीको भित्री भागमा क्षति पुगेको छ । प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रण लिइएको छ । नियन्त्रणमा लिइएको व्यक्तिको नाम खुलाइएको छैन् । घटनाबारे अनुसन्धान र संलग्नको खोजी कार्य भइरहेको उनले बताए । यसैबीच प्रहरीले सात राउन्ड गोलीसहित एक युवकलाई महागढीमाई नगरपालिका १ स्थित बजारबाट पक्राउ गरेको छ ।

सोही ठाउँका २२ सोनु सिंह भन्ने सौरभ सिंहलाई पक्रा गरिएको प्रहरी प्रवता डिएसपी भुवनेश्वर साहले बताए । मदिरासहितको नास्ता पसलबाट जाँचको क्रममा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको डिएसपी साहले बताए । ०.२२ क्यालिभरको उक्त गोली बरामद भएको हो ।

तेह्रथुमको वसन्तपुरमा वम फेला
चन्द्र कार्की
तेह्रथुम- तेह्रथुमको लालीगुराँस नगरपालिका १ टुटेमा सोमबार विहान शङकास्पद वस्तु फेला परेको छ । संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समूहले राखेको शङकास्पद वस्तु फेला परेको हो । टुटेमा रहेको मकालु वाईन इन्डष्ट्रिज तर्फ जाने वाटोको कल्भर्ट माथि विस्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोईरालाले बताए । विस्फोट पदार्थ राख्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?