कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनमा स्वास्थ्यकर्मी नखटाऊ : स्वास्थ्य सेवा विभाग

अतुल मिश्र

काठमाडौं —
प्रत्यक्षरुपमा उपचार प्रकृयामा संलग्न स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन स्वास्थ्य सेवा विभागले सरकारका निकायहरुसँग अनुरोध गरेको छ ।

निर्वाचनमा स्वास्थ्यकर्मीलाई खटाउदा स्वास्थ्य सेवा प्रभावित हुने भएकाले विभागले यस्तो अनुरोध गरेको हो ।

प्रत्यक्षरुपमा उपचार प्रकृयामा संलग्न स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन स्वास्थ्य सेवा विभागले सरकारका निकायहरुसँग अनुरोध गरेको छ ।

निर्वाचनमा स्वास्थ्यकर्मीलाई खटाउदा स्वास्थ्य सेवा प्रभावित हुने भएकाले विभागले यस्तो अनुरोध गरेको हो ।

निर्वाचनमा स्वाथ्यकर्मीलाई खटाउँदा उपचार प्रकृया प्रभावित हुने गरेको छ । विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले कान्तिपुरसँग कुरा गर्दै भने, ‘प्रत्यक्ष रुपमा उपचार प्रकृयामा संलग्न स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाएर निरन्तर स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्न सवै निकायसँग अनुरोध छ ।’

यसअघिका निर्वाचनहरुको अनुभवको आधारमा आसन्न चुनावलाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्न विभागले सबै सरकारी निकायसँग अनुरोध गरेको हो ।

विभागले मंसिर १० र २१ गते हुने चुनावलाइ दृष्टिगत गरी आफनो सम्बन्धित स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स, औषधि र औजार चुस्त दुरुस्त राख्न परिपत्र समेत गरेको छ ।

चुनावताका कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीलाइ अत्यावश्यक अवस्था बाहेकका अवस्थामा काज वा बिदामा नजानसमेत विभागले निर्देशन दिएको छ ।

२४ सै घण्टा स्वास्थ्य सेवा प्रवाहको प्रबन्ध मिलाउन समेत सबै जिल्लामा परिपत्र गरिएको डा.पन्तले बताए ।

प्रकाशित : मंसिर ६, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?