कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनको मुखमा दैनिक सयौंं मतदाता भारत पलायन

दैनिक साढे तीन सय युवा भारत जाँदै
ठाकुरसिंह थारु

नेपालगन्ज — पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते हुँदैछ । तर कालिकोट धाउलाका धनबहादुर रोकाय बुधबार नेपालगन्ज सीमा हुँदै मजदुरीका लागि भारतको सिमला गए ।

उनीसँगै गाउँका छ युवाहरु पनि भोट हाल्न छाडेर भारत गएका छन् । उनीहरुलाई चुनावी माहौलले छोएको छैन । भोटभन्दा पनि उनीहरुले परिवार पाल्ने चटारो छ ।

निर्वाचनको मुखमा दैनिक सयौंं मतदाता भारत पलायन

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते हुँदैछ । तर कालिकोट धाउलाका धनबहादुर रोकाय बुधबार नेपालगन्ज सीमा हुँदै मजदुरीका लागि भारतको सिमला गए ।

उनीसँगै गाउँका छ युवाहरु पनि भोट हाल्न छाडेर भारत गएका छन् । उनीहरुलाई चुनावी माहौलले छोएको छैन । भोटभन्दा पनि उनीहरुले परिवार पाल्ने चटारो छ ।

यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारीको समस्या समाधान नभएको उनीहरुको गुनासो छ ।

‘भोट हालेर के हुन्छ र ? पहिलेको चुनावमा भोट हालिएकै हो । नेताहरु जितेर हाम्रा लागि केही गर्ने होईनन्,’ निर्वाचनको पुर्ब सन्ध्यामा भारत जाँदै गरेको अवस्थामा नेपाल—भारत सीमा जमुनाहामा भेटिएका उनले भने, ‘जितेका नेताहरुले रोजगारी दिएको भए किन भारत जानु पर्थ्यो ?।’

राजनीतिक दलहरुले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको चुनावी आश्वास बाँडिरहेका बेला प्रदेश ५ र ६ का कतिपय युवाहरु धमाधम काममा खोजिमा भारत पस्न थालेका छन् । मंगबलार नेपालगन्ज नाका हुँदै ४ सय ६२ जना भारत छिरेका सिमानास्थित एक संस्थाको तथ्याङ्क छ । बुधबार चार सय युवा भारत गएका छन् । उनीहरुमा राजनीतिप्रति तीव्र वितृष्णा छ ।


नेताहरुले गाउँघरको विकास गरेनन् नै रोजगारी नदिएको गुनासो घर छोड्ने युवाहरुको छ । निर्वाचनको मुखमा घर छोड्नेहरुमा ६ नम्बर प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, सुर्खेत, दैलेख, रुकुमका युवाहरु छन् । त्यस्तै, ५ नम्बर प्रदेशका बर्दिया, बाँके लगायतका युवाहरु पनि काम खोजिमा भारत पसिरहेका छन् ।

भारत जाने अधिकांश युवाले भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पञ्जावलगायत शहरमा काम गर्ने बताएका छ । बढीजसो मध्यपश्चिम क्षेत्रका सर्वसाधारणहरु कालापहाड, चण्डीगढ, सिमला जाने गर्छन । नेपालीहरुले त्यहाँ सडक निर्माण र फलफूल खेतीका लागि मजदुरी गर्छन ।

‘नेताहरु चुनावका बेला रोजगार दिन्छु भन्छन् । गाउँको विकास गर्ने आश्वासन दिन्छन् । तर जितिसकेपछि हाम्रा लागि केही गर्दैनन्,’ भारत जाँदै गरेका सल्यान शारदा नगरपालिका ७ का नन्दवीर कामी भन्छन्, ‘त्यसैले यो निर्वाचनमा भोट नहाल्ने निर्णय गरेर भारत जाँदै छौँ । तीन/चार महिना काम गरेर घर फर्किन्छौँ ।’

नेपाल—भारत सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मुखमा दैनिक तीन सयदेखि साढे तीन सय युवाहरु रोजगारीका लागि भारत जाने गरेका छन् । मुलुकमा चुनावी सरगर्मी बढिरहेका नेपालगन्ज नाका भएर भारत

जाने नेपाली युवाहरुको संख्यामा कमी आएको छैन् ।

‘निर्वाचनका मुखमा भारत जाने नेपालीहरु उल्लेख्य छन् । उनीहरुमा निर्वाचनप्रति कुनै मोह देखिदैन,’ इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई सुधीर खड्का भन्छन्,‘भोट हाल्न छोडेर किन भारत जान थालेको सोध्दा भोट हालेर के पाइन्छ भनेर जवाफ दिन्छन् ।’

‘भारत कमाउन नजाने हो भने परिवार पाल्न सकिंदैन । हाम्रो समस्या नेताहरुले बुझ्दैनन्,’ सुर्खेत खलंगाका सुजन विक भन्छन्,‘गाउँमै रोजगारी हुने हो भने भारत जाने रहर कसैको छैन ।’

भारत जानेमध्ये सुर्खेत, जाजरकोट, रुकुम, प्युठान, दैलेख, सल्यानका आर्थिक अवस्था कमजोर भएका परिवारका युवाहरु बढी हुने गरेका छन् । बाँके र बर्दियाका सर्वसाधारणहरु पनि खेति सकेपछि काम गर्न भारत जाने गरेका छन् ।

प्रकाशित : मंसिर ६, २०७४ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?