कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

तीनजना सचिवमा बढुवा

काठमाडौं — सरकारले प्रशासन सेवाका २ र इन्जिनियरिङ सेवाका एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले प्रशासन सेवाका सुरेश प्रधान र लक्ष्मीराम पौडेल एवं इन्जिनियरिङका रमेश सिंहलाई सचिवमा बढुवा गरेको हो ।

तीनजना सचिवमा बढुवा

सरकारले प्रशासन सेवाका २ र इन्जिनियरिङ सेवाका एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषदको बुधबारको बैठकले प्रशासन सेवाका सुरेश प्रधान र लक्ष्मीराम पौडेल एवं इन्जिनियरिङका रमेश सिंहलाई सचिवमा बढुवा गरेको हो । तीनै जनालाई वरिष्ठताका आधारमा बढुवा गरिएको हो । बैठकले एसियाली विकास बैंक (एडीबी)बाट सहायताका रूपमा प्राप्त हुने १५ अर्ब ५० करोड सहयोग रकम स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि सरकारको आग्रहअनुसार सहयोग प्राप्त भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७४ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?