कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कांग्रेस र विप्लव मिलेर चुनाव भाँड्न खोज्दैछन् : ओली

दुर्गालाल केसी

दाङ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेस र चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर निर्वाचन भाँड्ने खेल गरिरहेको बताएका छन् । बिहीबार बिहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ओलीले हिजो मात्रै दोलखामा कांग्रेस र विप्लव पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको आरोप लगाए ।

कांग्रेस र विप्लव मिलेर चुनाव भाँड्न खोज्दैछन् : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेस र चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर निर्वाचन भाँड्ने खेल गरिरहेको बताएका छन् ।

बिहीबार बिहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ओलीले हिजो मात्रै दोलखामा कांग्रेस र विप्लव पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको आरोप लगाए ।

‘कांग्रेसले निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्नुको साटो उल्टै प्रोत्साहन गरिरहेको छ । ठाउँठाउँमा हतियारसहित पक्राउ परेकालाई छोड्न प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब दिइरहनुभएको छ,’ उनले भने, ‘नमान्ने प्रहरी अधिकृतलाई सरुवा गरिरहेको छ । नमानेकै कारण ५ नंं. प्रदेश प्रहरी प्रमुख एआईजी मिङ्मार लामालाई हिजो मात्रै फिर्ता बोलाइएको छ ।’

निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने सरकारले उल्लंघन गरिरहेको उनले आरोप लगाए । प्रहरीको बढुवा, सरुवा, दिर्घकालिन महत्वका काममा हात हाल्ने, संघ संस्था दर्ता खारेजी जस्ता काम गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको ओलीले बताए ।

‘सरकारको यो भन्दा ठूलो भ्रष्ट आचरण के हुन्छ ? निर्वाचनमा असर पार्नेखालका काम गर्दै जान मिल्छ ?’ उनले भने, ‘प्रधानमन्त्रीका कदम निर्वाचनलाई सहयोग पुर्‍याउने खालका छैनन् । म कांग्रेस र सरकारलाई अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको खिल्ली उडाउने काम नगरौं ।’ सरकारका गलत कामबिरुद्ध देशका बुद्धिजिवीहरु बोल्न जरुरी रहेको उनले बताए ।

अब वाम गठबन्धनको एकताबाट देशमा राजनीतिक स्थायित्व कायम हुने ओलीले बताए । ‘हाम्रो गठबन्धनले देशमा स्थाई सरकार स्थापना हुनेछ । यसबाट विकासले गति लिने छ,’ उनले भने, ‘आजसम्म सरकार लामो समय नटिक्दा देशमा अस्थिरता भएको छ । अब समृद्धिका हिसावले देश नयाँ युगमा प्रवेश गर्ने छ ।’

ओलीले निर्वाचनपछि देशमा शान्ति, पारदर्शिता र कानूनी शासन स्थापना हुने बताए । आफू सरकारमा हुँदा राम्रा काम गरेका कारण छिटै हट्नुपरेको उनले गुनासो गरे ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि चुनावी गठबन्धन नभई एकताका क्रममा चुनाव आएकाले अहिले तालमेल गरिएको बताए । चुनावपछि सरकार गठन गरी पार्टी एकता गर्ने उनले जानकारी दिए । चुनावी सभालाई सम्बोधन गर्न बुधबार हेलिकोप्टरबाट दाङ आएका ओली बिहिबार दाङबाट सुर्खेत, दैलेख र ७ नं. प्रदेशका अन्य जिल्लाका कार्यक्रमलाई सम्बोधन गर्न गएका छन् ।

प्रकाशित : मंसिर ७, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?