कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको मतदानको औपचारिक समय सकियो (अपडेट)

सुरुभयो मतपेटिका ओसार्न, लाइन बसिसकेकालाई मतदान गर्न दिइने

काठमाडौं — आइतबार बिहान ७ बजेदेखि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा जारी मतदानको औपचारिक समय सकिएको छ । साँझ पाँच बजेसम्म मतदान समय तोकिएको थियो । यद्यपी बिभिन्न स्थानमा अझै मतदाता लाइनमा रहेकोले नसिकएसम्म मतदान गर्न दिइने बताइएको छ । मतदान भइसकेका जिल्लाहरुको मतपेटिकालाई नेपाली सेनाको सुरक्षामा राखेर दोस्रो चरणको मतदानपछि संगै गणना गरिनेछ ।

प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको मतदानको औपचारिक समय सकियो (अपडेट)

मनाङकफ चामेमा मतदान पछि मतपेटिका सिल गरिंदै । तस्बिर : इन्द्र पौडेल/केटीभी ।
Tweets about "#NepalElection2074 from:kantipurdaily"

  • ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२ मा बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएपनि स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • ओखलढुंगामा धमाधम मतदान
    ओखलढुंगा– यहाँ पनि बिहान ७ बजेदेखि नै धमाधम मतदान भएको छ । ७:३० बजेभित्र जिल्लामा रहेको १ सय ४१ मतदान केन्द्रबाटै मतदान शुरु भएको प्रमूख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
    जम्मा १ लाख २ हजार २ सय ६१ मतदाता जिल्लामा छन् । करिब ७५ प्रतिशत मत खस्ने अनुमान छ । १ हजार ५ सय ९४ मतदाता रहेको सिद्धिचरण नगरपालिका ११ को मतदानस्थलमा करिब २ घण्टामा ३ सय मत खसेको मतदान अधिकृत सुमन आचार्यले बताए ।
    वृद्धवृद्धा, अपांग र अशक्तलाई सहज रुपले मतदानको व्यवस्था मिलाइएको छ । सुरक्षा अवस्था कडा पारिएको छ । प्रत्येक मतदानस्थलमा प्रहरीहरु तैनाथ गरिएका छन् । जिल्लाको सम्पूर्ण गाउँपालिकामा शान्तिपूर्ण मतदान भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • उत्तरि गोरखाको ल्हो आधारभूत प्राविस्थित मतदान केन्द्रमा ९ बजे पछि मात्र मतदान सुरु हुने । चिसोका कारण ढिला भएको निर्वाचन अधिकृतको भनाई ।
    –सुदीप कैनी, गोरखा
  • हिमाली जिल्ला मनाङमा ५० प्रतिशत मतदान कार्य सकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामप्रसाद पौडेलले जानकारी ।
    –आश गुरुङ, लमजुङ
  • धादिङको खनियाबासको एउटा र रुबिभ्यालीका दुइटा मतदान केन्द्रमा प्रतिनिधि नआएर बिहान ९ बजेसम्म मतदान सुरु भएको छैन ।
  • सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको लागार्चेमा अझै मतदान भएन । वाम र लोकतान्त्रिक गठबन्धनका युवाहरुबीच शनिबार राति झडप भएको थियो । अहिले वार्ता भइरहेको छ ।
  • माथिल्लो मुस्ताङका केही मतदानस्थल र केन्द्रमा भने मतदान सुरु भएको छैन । अत्याधिक चिसोका कारण मतदाताहरु मतदान गर्न आएनन् ।
भोजपुरमा पर्यप्त मतदाता देखिएनन्। मतदानकेन्द्रहरु खाली खाली नै छन् । चिसोका कारण बिहान नआएका हुन सक्ने मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए ।

सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीमा मतदान गर्दै माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठ ।

गोरखाको पालुङटारमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई मतदान गर्दै । तस्बिर : सुदीप कैनी

निवर्तमान सभामुख ओनसरी घर्तीमगर रोल्पामा मतदान गर्दै । तस्बिर : काशिराम डाँगी

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकमा मतदान गर्दै । तस्बिर :अनिश तिवारी

पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पामा मतदान गर्दै । तस्बिर: काशिराम डाँगी

....

प्रकाशित : मंसिर १०, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?