कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको अँधेरीखोलामा विस्फोट

कृष्ण थापा

नुवाकोट — विनपा–७ तुप्चे अँधेरीखोलामा विस्फोट भएको छ । तुप्चेबाट सदरमुकाम विदुरतर्फ मतपेटी बोकेर ल्याउँदै गरेको गाडी पार भैसकेपछि साँझे साढे सातबजे विस्फोट भएको प्रहरीले जनाएको छ ।

‘विष्फोट भएको हो,’ जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले भने,‘मानवीय क्षति भने भएको छैन ।’

मतपेटिका बोकेको आइचर गाडी अघि र माओवादी केन्द्रका संयोजक एवं गठवन्धनका उम्मेदवार हिरानाथ खतिवडालगायत उनका कार्यकर्ता चढेको ग२च २५०१ गाडी पार भएपछि अँधेरीखोलामा विस्फोट भएको उम्मेदवार खतिवडाले जानकारी दिए ।

प्रकाशित : मंसिर १०, २०७४ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?