कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशूलीमा खसेको बस २५ फिट गहिराइमा फेला

बस निकाल्ने तयारी
हरिहरसिंह राठौर

चुम्लिङटार (चितवन) — काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन्। सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ। पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाह हुन सकेको छैन।

त्रिशूलीमा खसेको बस २५ फिट गहिराइमा फेला

काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको नमस्ते अर्घाखाँचीको त्रिशुलीमा खसेको लु२ख २९१ नम्बरको बसलाई सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा फेला पारेका छन्।

सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई फेला पारेसँगै क्रेन लगाएर निकाल्ने तयारी भइरहेको छ। पानी धमिलो भएको र बस गहिराइमा रहेकाले भित्रको स्थिती के छ भन्ने थाह हुन सकेको छैन।

काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेको बसमा त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

७ जना मृतक मध्ये १ जनाको मात्रै सनाखत भएको छ। मृत्यु हुनेमा देवदह-१०, गोदाहका दीपक पाण्डे रहेका छन्। उनको साथबाट मेघा कलेजको परिचयपत्र भेटिएको छ।

उद्धार गरिएका मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने १३ जनालाई भरतपुर लगिएको छ । यस्तै थप ५ जना घाइतेलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि लगिएको छ।

प्रकाशित : मंसिर १३, २०७४ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?