कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अबको ५० वर्षसम्म वामपन्थी सरकार : योगेश भट्टराई

चन्द्र कार्की

तेह्रथुम — एमाले सचिव योगेश भटराईले अबको ५० वर्षसम्म निरन्तर वामपन्थीले सरकार चलाउने दाबी गरेका छन् ।

अबको ५० वर्षसम्म वामपन्थी सरकार : योगेश भट्टराई

वामपन्थीहरुको प्रतिपक्षमा बस्ने पालो सकिएको बताउँदै सचिव भटराईले प्रतिपक्षमा बस्ने पालो अब नेपाली कांग्रेसको आएको बताए । तेह्रथुमको म्याङलुङमा बुधबार वाम गठवन्धनले आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालमा कांग्रेसले शासन गर्ने दिन आगामी मसिंर २१ पछि सकिने समेत दाबी गरे । 

वामपन्थीहरु एकजुट भएकाले अब नेपाली जनता र नेपालको विकास र समृद्धिको दिन सुरु भएको सचिव भटराईको भनाइ थियो । मंसिर २१ पछि नेपालमा कम्युनिष्ट सरकार आउने बताउँदै सचिव भट्टराईले त्यसपछि देशको विकासले गति लिने बताए । सभालाई सम्बोधन गर्दै माओवादी केन्दका पोलिटव्युरो सदस्य टंक आम्वुहाङले देशमा वामशक्ति एक भएको बताउदै अब आर्थिक विकासले गति लिने बताए । 

सभालाई पूर्वसांसद् तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार भवानी खापुङ, प्रदेशसभा उमेदवारहरु लक्ष्मण तिवारी, तेजमान कन्दङवालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : मंसिर १३, २०७४ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?