बलात्कारको प्रतिकार गर्दा दम्पतीको हत्या

घटना अनुसन्धानको लागि कुकुर ल्याइँदै
लक्ष्मी साह

बारा — जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ । ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ ।

३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई पाल्ने गोठमा बसोबास गर्दै आएका उनीहरुलाई टाउकोमा बाँसको भाटाले प्रहार गरी हत्या गरिएको स्थानीय समाजिक अगुवा कृष्ण खनालले बताए । हत्यामा संलग्न भएकाको पहिचान खुलेको छैन् ।

बजनी टोलदेखि ५ सय मिटर पश्चिम रहेको गाई पाल्ने गोठमा दम्पती सुतिरहँदा घटना भएको हो । घटनास्थल पर्सा जिल्लासित जोडिएको टेढा गाउँ जाने मुख्य बाटोमा पर्छ । त्यस क्षेत्रमा उद्योगमा काम गर्ने मजदुरहरुको आवागमन सधैं भइरहेको हुन्छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । घटना अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट कुकुर मगाई अनुसन्धान थालिने प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । ‘कुकुर आएपछि घटना मुचुल्का हुन्छ,’ उनले भने, ‘घटनास्थललाई सुरक्षा घेरामा राखेका छौं ।’

मृतकका आमा र २ छोराछोरी बजनीमा भएको घरमा बस्दै आएका हुन् । ‘दिपिकालाई सामुहिक बलात्कारको क्रममा प्रतिकार गर्दा दम्पतीको हत्या गरिएको हुनसक्छ,’ घटना स्थल पुगेका एक प्रहरी अधिकृतले भने, ‘घटनामा संलग्नलाई चाँडै पक्राउ गर्छौ ।’ घटनापछि स्थानीय शोकमा छन् । गाउँमा त्रास बढेको छ । ‘सुरक्षाको चिन्ता भयो,’ एक स्थानीयले भने, ‘कसरी बस्ने ?’

प्रकाशित : मंसिर १६, २०७४ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

माधव नेपालको चुनाव प्रचारमा दाहाल

कान्तिपुर संवाददाता

काठमाडौं — एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि साथ दिएका छन् ।काठमाडौं– २ का उम्मेदवार नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै दाहालले संक्षिप्त सम्बोधन गरेका थिए ।

एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि साथ दिएका छन् ।

काठमाडौं– २ का उम्मेदवार नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै दाहालले संक्षिप्त सम्बोधन गरेका थिए । पुरानो सिनामंगलमा घरदैलोपछि भएको कोणसभामा उनले शान्ति सम्झौतामा नेपालको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै जीतका लागि शुभकामना दिए ।

दाहालले पहिलो चरणका ३७ स्थानमा भएको चुनावमा वामपन्थीको दुई तिहाई आउने बताउँदै स्थिरता, विकास र समृद्धिका लागि आफूहरुबीच एकता भएको बताए ।

नेता नेपालले पनि माओवादी अध्यक्ष दाहाल राजनीतिमा नयाँ मोड दिने व्यक्ति रहेको बताउँदै उनको उपस्थितिप्रति धन्यवाद दिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो चुनावी कार्यक्रममा आउन चाहे पनि समयअभावले आउन नसकेको नेपालले बताए ।

अध्यक्ष दाहाल काठमाडौंको चुनावी कार्यक्रम सकेर चितवन फर्किहाल्ने कार्यक्रम छ । चितवनमा हुने अन्तिम चुनावी सभाका लागि एमाले अध्यक्ष ओली झापाबाट चितवन जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रकाशित : मंसिर १६, २०७४ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्