कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरलाई सांस्कृतिक राजधानी बनाउँछौं : दाहाल

प्रशान्त माली

ललितपुर — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने बताएका छन् ।

ललितपुरलाई सांस्कृतिक राजधानी बनाउँछौं : दाहाल

सुनाकोठीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले ललितपुर निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा उम्मेदवार पम्फा भूसालले प्रस्ताव गरेको ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने एजेन्डा केन्द्रको तर्फबाट समर्थन भएको उनले बताए । ‘यसलाई पार्टी एकता कमिटी संयोजकको तर्फबाट पनि पूर्णरुपमा समर्थन गर्न चाहन्छु,’उनले भने ।

सभामा उनले वाम गठबन्धनलाई जिताएमा मुलुकलाई विकास र समृद्धिको नयाँ युगतिरलाई लैजाने दाबी गरे । ‘संविधानले परिकल्पना गरेअनुसार समाजवाद उन्मुख राष्ट्र बनाउने सामाजिक न्यायलाई संस्थागत र भष्टाचारलाई अन्त्य गछौं,’ उनले भने, ‘दस वर्षभित्र ५ हजार डलर आय, वृद्ध भत्ता बढाएर ५ हजार पुर्‍याउँछौं ।’

उनले विकासनिर्माणका पूर्वाधार, पर्यटन, जडिबुटीको बारेमा पञ्चवर्षीय योजना बनाउने र विदेश गएका युवालाई स्वदेश फर्काइने बताए । ‘जनताले चुनेमा पाँच वर्ष विकासका लागि धेरै मिहिनेत गर्छौ,’उनले भने, ‘जसले कम्युनिष्ट पार्टीलाई ५० वर्षसम्म चुन्न जनता तयार हुन्छन् ।’ उनले निर्वाचनपछि एमाले र माओवादीबीच एकता हुने पनि निश्चित भएको दाबी गरे । ‘कयौं निर्वाचनमा तालमेल भएको छ,’ उनले भने, ‘तर पार्टी एकताको संकल्पसहित एकता संयोजन कमिटी गठन भएर तालमेल भएको छैन, जुन हामीले गरेका छौं ।’

प्राविधिक कारणले चुनावअघि एकता हुन नसकेको बताउँदै २०१९ सालदेखि विभाजित कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न अब कसैले रोक्न नसक्ने उनको दाबी छ ।

प्रकाशित : मंसिर १६, २०७४ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?