कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालाजु बाइपासबाट १० किलोभन्दा बढी अवैध सुनसहित एकजना पक्राउ

जनकराज सापकोटा

काठमाडौं — रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट शनिबार साँझ सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए । प्रहरीले उनले ल्याएको सुन १० किलोभन्दा बढी रहेको अनुमान गरेको छ ।

बालाजु बाइपासबाट १० किलोभन्दा बढी अवैध सुनसहित एकजना पक्राउ

रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट शनिबार साँझ सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए । प्रहरीले उनले ल्याएको सुन १० किलोभन्दा बढी रहेको अनुमान गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले भने, 'थप अनुसन्धान भइरहेको छ ।'

स्रोतका अनुसार सिंगो सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भएका बेला तामाङले चीनको केरुङ नाका हुँदै सुन काठमाडौं भित्र्याउँदै थिए ।

प्रकाशित : मंसिर १६, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?