कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा बन्दले निम्त्याएको सास्ती [फोटोफिचर]

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रतिनिधि र प्रदेशसभाको पर्सी बिहीबार हुने निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले ७२ घण्टा लामो नेपाल–भारत सीमा नाका ‘सिल’गरेपछि सर्वसाधारणले आवागमनमा सास्ती व्यहोर्नु परेको छ ।

सीमा बन्दले निम्त्याएको सास्ती [फोटोफिचर]

नेपाल–भारत सीमा सहर काँकडभिट्टा नाकामा यतिबेला भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको  भीड छ । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे परेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी टंक भट्टराईले नेपाली परिचयपत्र वाहक यात्रुहरुलाई मात्रै प्रवेश गर्न दिइएको बताए । ‘नेपाल आउनेलाई नेपाली नागरिकता तथा परिचय खुल्ने कागजातका आधारमा प्रवेश गर्न दिइएको छ’, भट्टराईले भने,‘भारततिर जानेलाई खुला छ ।’ 

काँकडभिट्टासँगै विहारसँग सीमाना जोडिने भद्रपुर नाकामा पनि सर्वसाधारणले सास्ती पाएका छन् । प्रशासनले खासगरी भारतबाट आउने यात्रुलाई विशेष निगरानी गरेको छ । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर छोट्टी भन्सार कार्यालयको आयात-निर्यात समेत ठप्प छ । बजारहरु पनि निर्वाचनका कारण सुनसान छन् । 

प्रकाशित : मंसिर १९, २०७४ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?