कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनमैंजुमा सेनाले पार्‍यो बम निस्क्रिय

जनकराज सापकोटा

काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा फेला परेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ । बुधबार बिहान मनमैंजु गणेशस्थान नजिकै निलो प्लाष्टिक भित्र शंकास्पद वस्तु देखेपछि बम रहेको आशंकामा स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए ।

मनमैंजुमा सेनाले पार्‍यो बम निस्क्रिय

सूचना पाएलगत्तै सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । सेनाले करिव साढे ११ बजेतिर बम निस्क्रिय पारेको छ ।

....

काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजुमा शंकास्पद वस्तु फेला परेको छ । गणेशस्थान नजिकै प्रेसर कुकर देखिएको महानगरीय प्रहरी बालाजु वृत्तका एक अधिकृतले बताए । उनका अनुसार घटनास्थलमा सेनाको टोली पुगिसकेको छ ।

उनले भने, 'स्थानीयमा त्रास फैलिएको छ । पुरानो कुकर फालेको देखिएको छ । बम हो वा होइन भन्ने सेनाले हेर्दै छ ।'

प्रकाशित : मंसिर २०, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?