कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलबजारमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

मेनुका ढुंगाना

अछाम — कमलबजार नगरपालिका– ३ बजुडामा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । मंगलबार साँझ कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा टेकेन्द्र विष्ट र नेवि संघका नेता खडक विष्ट चढेको मोटरसाइकल वाम गठबन्धनको एक समूहले जलाइ दिएपछि स्थिति तनावग्रस्त भएको हो ।

कमलबजार नगरपालिका– ३ बजुडामा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । मंगलबार साँझ कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा टेकेन्द्र विष्ट र नेवि संघका नेता खडक विष्ट चढेको मोटरसाइकल बाम गठबन्धनको एक समूहले जलाइ दिएपछि स्थिती तनावग्रस्त भएको हो ।

कमलबजार नगरपालिकामा स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेदेखि दुई पक्षबीच रीसिबी बढ्दै गएको स्थानीयले बताएका छन् । अहिले उक्त विषयमा इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । अछामका अन्य केही ठाउँमा सामान्य विवाद भएतापनि झडपको स्थिती सिर्जना नभएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । जिल्लामा नेपाली प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरी २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षा व्यबस्था कडा पारिएको न्यौपानेले बताए ।

प्रकाशित : मंसिर २०, २०७४ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?