कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुकुरीसहित ४ युवा पक्राउ

आश गुरुङ

लमजुङ — कास्की र लमजुङको सीमाक्षेत्र मध्यनेपालको रामबजारबाट प्रहरीले घरेलु हतियार सानो खुकुरीसहित ४ युवालाई पक्राउ गरेको छ ।

खुकुरीसहित ४ युवा पक्राउ

मध्यनेपाल नगरपालिका ७, रामबजारबाट कास्कीको पिप्लेबजार हुँदै फलाङकोट जाँदै गरेका युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर जयराम वन्तले बताए । पक्राउ पर्नेहरुमा लमजुङको सुन्दरबजार नगरपालिका ९, भोटेओडारका २२ वर्षीय रमेश कार्की, कास्की रुपा गाउँपालिका १, फलाङकोटका ३९ वर्षीय उमाकान्त खनाल, २० वर्षका किसन श्रेष्ठ र २२ वर्षकै प्रताप खनाल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ग६प ८४९६ र बा२७प ९४३३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

इन्सपेक्टर वन्तका अनुसार कास्की र तनहुँमा बिहीबार हुने दोस्रो चरणको निर्वाचन विथोल्न जान लागेको आशंकामा खानतलासी गर्दा घरेलु हातियार सानो खालेको खुकुरीसहित फेला परेको हो । बुधबार दिउँसो साँढे १ बजेतिर २ वटा मोटरसाइकलमार्फत जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट सानो खालको खुकुरी, २ लिटर पेट्रोल साथै कांग्रेस, एमाले र माओवादी केन्द्रका झन्डासमेत बरामद गरेको इन्पसेक्टर वन्तले बताए ।

कास्की र तनहुँमा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राखेर स्थानीय प्रशासनले सीमा सुरक्षा र चेकजाँचमा कडाई गरेको छ । डीएसपी पदमबहादुर विष्टले घरेलु हतियारसहित उनीहरु पक्राउ परेपछि सीमा सुरक्षालाई थप व्यवस्थित र चेकजाँच झन कडाई गरिएको बताए । डीएसपी विष्ट र प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोलीले बुधबार सीमा सुरक्षा जाँचबारे अवलोकन गरेको छ । उनीहरुले भोर्लेटारबाट सीमा क्षेत्र लमजुङका दुइपिप्ले हुँदै तनहुँको दमौलीसम्मका सुरक्षास्थितबारे जानकारी लिएका विष्टले बताए ।

प्रकाशित : मंसिर २०, २०७४ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?