कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान गरेपछि दाहालले भने, ‘नयाँ अध्यायको सुरुवात भयो’

विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनसँगै मुलुक नयाँ अध्यायमा प्रवेश गरेको बताएका छन् ।

भरतपुर– १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा बिहान सवा ७ बजे पहिलो मतदान गरेपछि दाहालले भने, ‘आजदेखि एउटा राजनीतिक अध्याय समाप्त भएको छ, अर्को अध्यायको सुरुवात भएको छ ।’

मतदान गरेपछि दाहालले भने, ‘नयाँ अध्यायको सुरुवात भयो’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनसँगै मुलुक नयाँ अध्यायमा प्रवेश गरेको बताएका छन् ।

भरतपुर– १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा बिहान सवा ७ बजे पहिलो मतदान गरेपछि दाहालले भने, ‘आजदेखि एउटा राजनीतिक अध्याय समाप्त भएको छ, अर्को अध्यायको सुरुवात भएको छ ।’

दाहालले आफ्नै गृहजिल्लामा मतदान गर्न पाउँदा आफूलाई हर्ष र खुसीको महसुस भएको बताए । ‘समृद्धि र विकासको यात्रा सुरु भयो, राजनीतिक स्थायित्वको यात्रा सुरु भयो,’ उनको भनाइ छ ।

सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने विश्वास व्यक्त गरे । ‘जसको भए पनि एउटा गठबन्धनको बहुमत आउनुपर्छ, यसपटक बामपन्थीको आउँछ,’ उनले भने ।

मुलुक संघीयताबाट पछि फर्कन नसक्ने बताउँदै दाहालले स्थायी सरकार दिन सके संघीयता कार्यान्वयन चुनौतिपूर्ण नभएको उल्लेख गरे । पार्टी एकता गर्ने संकल्पसहित वाम तालमेल भएको उल्लेख गर्दै उनले निर्वाचनपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : मंसिर २१, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?