कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिलिमे आयोजना पुनः सञ्चालनमा

रसुवा — बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना बिहीबार पुनः सञ्चालनमा आएको छ ।

चिलिमे आयोजना पुनः सञ्चालनमा

विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन पुनः शुरु भएपछि बिहिबार साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?