कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङजामा विवाद टुङगियो, भोलीबाट मतगणना सुरु हुने

प्रतिक्षा काफ्ले

स्याङ्जा — बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर दुईमा भएको बुथ कव्जाको विषयलाई लिएर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद चलिरहदा शनिबारसम्म मतगणना हुन सकेन ।

स्याङजामा विवाद टुङगियो, भोलीबाट मतगणना सुरु हुने

बाम गठबन्धनले मतगणना गर्न रोक लगाउँदै कांग्रेसद्वारा कव्जा गरिएका ४ वटा बुथमा पुन: मतदानको माग राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो । त्यसपश्चात कांग्रेसले पनि एमालेद्वारा ५ वटा बुथ कव्जा भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएको थियो ।

दुवै पक्षबाट उम्मेदवारहरुमाथी हातपात गरिएको आरोप पनि लगाइएको छ । सोही विषयलाई लिएर विवाद चुलिदै जाँदा निस्कर्ष निस्कन सकेको थिएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबारदेखी शनिबारसम्म एउटा पनि सर्वपक्षिय वैठक बसाल्न नसकेपछि दलद्धारा परेका निवेदनलाई निर्वाचन आयोगमा पठाएको थियो । आयोगद्वारा स्याङजामा रोकिएको मतगणना सुचारु गर्न शनिवार दिउँसो पत्र पठायो । पत्रसँगै निर्वाचन आयोगका समानुपातिक तर्फका सहायक निर्वाचन अधिकृत सुशील कोइराला र आयोगकै उपन्यायधिवत्ता धनश्याम ओझाको उपस्थितिमा शनिवार बेलुका ६ बजे बसेको सर्वपक्षीय वैठकमा कुनै पनि दलले विवाद निकालेनन ।

आयोगका प्रतिनिधिले ल्याएको पत्रमा सहमति जनाउँदै आइतबार विहान ८ बजे पुन: सर्वपक्षिय वैठक बसेर मतगणना सुरु गर्ने सहमति सहित बैठक सम्पन्न भएको थियो । दुई गठबन्धनबाट निस्किएका विवादहरु जुनसुकै राजनिति दल आफू माथि रहन खोज्ने हुँदा विवाद बढेकोले सहमति जनाइयो भन्दै निर्णयमा हस्ताक्षर गरे । जिल्ला प्रशासनद्वारा शुक्रबार लगाइएको निशेषित क्षेत्र घोषण भने शनिबार बेलुका सम्म खुलेको छैन । विभिन्न दलका कार्यकर्ता तथा जिल्लाबासीहरु आफुले दिएको मतको नतिजाको पर्खाइमा मुख्य निर्वाचन अधिकृतको कार्यालय वरिपरी दिन विताएका छन ।

प्रकाशित : मंसिर २३, २०७४ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?