कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महासचिव पोखरेल विजयी

प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतले हराउँदै पोखरेल निर्वाचित

नुवाकोट — एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं– ५ बाट निर्वाचित भएका छन् । कांग्रेसका प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतले हराउँदै पोखरेल निर्वाचित भएका हुन् ।

एमाले महासचिव पोखरेल विजयी

पोखरेलले २३ हजार २९ मत पाएका छन् महतले १३ हजार १ सय ६९ मत पाए । विवेकशील साझा पार्टीका उज्वल थापाले ६ हजार ८ सय १३ मत पाए ।

पोखरेल २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए ।

प्रकाशित : मंसिर २४, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?