कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेत १ प्रदेश (क) मा माओवादी केन्द्रका ठम्मर विष्ट विजयी

प्रकाश अधिकारी

सुर्खेत — सुर्खेत १ को प्रदेश सभा (क) मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका ठम्मर विष्ट विजयी भएका छन् ।

उनले निकटम प्रतिद्वन्दवी कांग्रेसका टेकबहादुर सिंहलाई २ सय २० अन्तरले पराजित गरे । विष्ट १५ हजार ३ सय ५२ मत प्राप्त गरी विजयी बने भने सिंहले १५ हजार १ सय ३२ मत ल्याए ।

विष्ट माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा सिंह कांग्रेसका पूर्व जिल्ला पार्टी उपसभापति हुन् । विष्ट यसअघिका दुई वटै संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सुर्खेत १ बाट उम्मेदवार बनेका थिए । जनयुद्धदेखि नै माओवादी आन्दोलनमा लागेका नेता हुन् ।

प्रकाशित : मंसिर २४, २०७४ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?