कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहा ३ मा एमालेका श्रेष्ठ विजयी

भरत जर्घामगर

सिरहा — वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि सिरहा क्षेत्र नं. ३ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठ विजयी भएका छन् ।

सिरहा ३ मा एमालेका श्रेष्ठ विजयी

संघीय समाजवादी फोरमका असेश्वर यादवलाई २ हजार ५२ मत अन्तरले पछाडि पार्दै श्रेष्ठ विजयी भएका हुन् । उनले २३ हजार २ सय ७२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी यादवले २१ हजार २ सय २० मत प्राप्त गरे । प्रतिनिधिसभाको ४ क्षेत्र रहेको सिरहामा श्रेष्ठको विजयले जिल्लामा एमालेको खाता खुलेको छ ।

दोस्रो संविधानसभामा सिरहा क्षेत्र नं. ५ बाट चुनाव लडेका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पराजित भएका थिए । यसैगरी प्रदेशसभामा ८ सिट संख्या रहेको सिरहामा वाम गठबन्धन घटक माओवादी केन्द्रले २, एमाले र संघीय समाजवादी फोरमले १/१ सिटमा जित हासिल गरेको छ ।

प्रकाशित : मंसिर २४, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?