कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विजय जुलुसमा झडप, प्रहरीद्वारा हवाई फायर

पवन यादव

रौतहट — विजयी उम्मेदवारहरुले निकालेको विजय जुलुसको क्रममा रौतहटको २ वटा छुट्टाछुट्टै स्थानमा मधेसी गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच आइतबार मध्यान्ह झडप भएको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा (ख) मा विजयी भएका संघीय समाजवादी फोरमका उम्मेदवार रामकिशोर प्रसाद यादवको विजय जुलुस माथि कांग्रेसका कार्यकर्ताले राजपुर नगरपालिका-५ मा ढुंगामुढा गरेपछि झडप भएको थियो । 

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर र ८ राउण्ड बढी आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

त्यस क्रममा घाइते भएका मानिसहरुको विवरण प्रहरीले उपलब्ध गराउन चाहेन । स्थानीय बासिन्दाका अनुसार झडपको क्रममा दुवै पक्षका आधा दर्जन बढी मानिस घाइते भएको स्थानीयले बताएका छन् ।

त्यस्तै नेपाली कांग्रेसको जितको खुशीमा पटका पड्काउने क्रममा इसनाथ नगरपालिका-८ मनसरीमा एक घरमा आगलागी भएपछि घरधनी र कांग्रेसी कार्यकर्ताबीच झडप भएको थियो ।

समयमै आगलागी नियन्त्रणमा लिइएपछि थप क्षति हुन नसकेको प्रहरीले जनायो । घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले दुवै पक्षलाई तितरवितर पारेर अवस्था साम्य पारेको सुरक्षा अधिकारीले बताएका छन् ।  

प्रकाशित : मंसिर २४, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?