कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ सरकारसँग काम गर्न आतुर : भारत

काठमाडौं — भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ ।

नयाँ सरकारसँग काम गर्न आतुर : भारत

विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले ‘पहिलो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि नेपाल सरकार र नेपाली जनतालाई भारतको बधाई’ भन्दै प्रतिक्रिया दिएका छन् ।

उनले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भनेर भारतले चाहना गरेको पनि बताएका छन् । बधाई दिने क्रममा वामपन्थी गठबन्धनले बहुमत पाएको बारे भने प्रवक्ताले केही भन्न चाहेनन् । 

‘नेपाल–भारतबीच प्राचीन, विशिष्ट खालको र समयको परीक्षामा खरो उत्रिएको सम्बन्ध रहिआएको छ, नेपालको आर्थिक समृद्धिलगायत दुईदेशीय सम्बन्धका सबै पक्षलाई अगाडि बढाउन भारत सधैं तयार छ,’ प्रवक्ता रविशकुमारले भने । 

प्रकाशित : मंसिर २८, २०७४ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?