कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामदारको २४ घण्टा बिमा गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं —
वैदेशिक रोजगारीमा गएका कामदारको २४ घण्टा नै बिमा गर्नको लागि सरकारले पहल गर्नुपर्नेतर्फ सरोकारवालाले जोड दिएका छन् ।

कामदारको २४ घण्टा बिमा गर्नुपर्नेमा सरोकारवालाको जोड

विश्व आप्रवासी दिवसको पूर्वसन्ध्यामा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले विदेशमा मृत्यु भएका कामदारको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सरोकारवालाले कार्यघण्टाको मात्रै बिमा गर्दा पीडित परिवार क्षतिपूर्तिबाट वञ्चित रहनुपरेको बताए ।

खाडी तथा मलेसियाका कम्पनीले कार्य अवधिभर मात्रै कामदारको बिमा गर्ने गरेका छन् । पीएनसीसीले आफूले हेरेको ३ सय ५ जना मृतक कामदारको अध्ययन गरी प्रतिवेदन तयार गरेको हो । सबैभन्दा बढी प्राकृतिक, सडक दुर्घटना, कार्यस्थल, आत्महत्या र हत्याबाट कामदारको मृत्यु भइरहेको महासचिव सोमप्रसाद लामिछानेले बताए ।

कामदारको मृत्युलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँचमा पहुँच पुर्‍याउनुपर्ने, बासस्थान र कार्यस्थलको अनुगमन गर्नुपर्ने, पेसागत स्वास्थ्य र सुरक्षासम्बन्धी तालिम दिइनुपर्ने, विदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने, दूतावासबाट शंकास्पद मृत्युबारे छानबिन गर्न पहल गर्नुपर्नेलगायत सुझाव दिइएको छ ।

कार्यक्रममा श्रम मन्त्रालयका उपसचिव शिवराम पोखरेलले विदेशमा कार्यरत कामदारको हितका लागि श्रम र परराष्ट्रबीच दरिलो समन्वय हुनुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कामदारको मृत्युदर घटाउन व्यवस्थापकीय कमजोरीलाई सुधार गर्न आवश्यक देखिएको बताए ।

प्रकाशित : पुस २, २०७४ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?