कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमा मुआब्जा नपाएपछि निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सरोकारवालाले ठप्प पारे

माधव ढुंगाना

भैरहवा — छिटो र सहज रुपमा मुआब्जा पाउनु पर्ने माग राख्दै निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणमा परेका किसान सोमबारदेखि आन्दोलित भएका छन् । आन्दोलित जग्गाधनी किसानले आज बिहानैदेखि आयोजनाको निर्माणाधिन धावनमार्गको काम ठप्प पार्नुको साथै आयोजनाबाट धावनमार्गतर्फ निर्माण सामाग्री लैजाने मुख्य गेटमा तालाबन्दी गरेका छन् ।

 समयमा मुआब्जा नपाएपछि निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सरोकारवालाले ठप्प पारे

छिटो र सहज रुपमा मुआब्जा पाउनु पर्ने माग राख्दै निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहणमा परेका किसान सोमबारदेखि आन्दोलित भएका छन् ।

आन्दोलित जग्गाधनी किसानले आज बिहानैदेखि आयोजनाको निर्माणाधिन धावनमार्गको काम ठप्प पार्नुको साथै आयोजनाबाट धावनमार्गतर्फ निर्माण सामाग्री लैजाने मुख्य गेटमा तालाबन्दी गरेका छन् ।

मुआब्जा सहज रुपमा उपलब्ध गराउनेतर्फ आयोजनाले सहजीकरण नगरेको, मुआब्जा लिनकालागि आवश्यक कागजात पेश गर्दा नापी, मालपोत, वन लगायतका कार्यालयका कर्मचारीले धेरै दिनसम्म अल्झाएर दुख दिने गरेको, केही कर्मचारीले किसानसंग अतिरिक्त पैसा माग्ने गरेको, चाँडो मुआब्जा उपलब्ध गराईदिने भन्दै बिचौलियाले २–३ प्रतिशत कमिशन माग्ने गरेको आरोप आन्दोलित किसानको छ ।

आन्दोलनरत सिद्धार्थनगर नपा–१० का सुरज प्रसाद बरईले मुआब्जा प्रकृया चाँडो र सहज रुपमा उपलब्ध गराईनुपर्ने माग राख्दै आएपनि कुनै सुनुवाई नभएको र मुअब्जा पाउनकालागि किसानले महिनौंसम्म धेरै कार्यालय धाउँदापनि पाउन नसकेको बताए । जग्गा अधिग्रहणमा परेपछि जोतभोग पनि गर्न नपाइने र मुआब्जा पनि नपाइनाले आर्थिक समस्यामा परेको भनाई आन्दोलित किसानको छ । डेढ महिना अघिपनि उनिहरु येही माग राखेर आन्दोलित थिए ।

गौतम बुद्ध विमानस्थललाई सम्पुर्ण भौतिक पुर्वाधारसहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माणकालागि पछिल्लो पटक दुई वर्ष अघि थप ५ सय बिगा जमिन अधिग्रहण गरिएको हो । यो अधिग्रहण पश्चात् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल ७ सय ८७ बिगा कायम भएको छ । पछिल्लो पटकको घर जग्गासहित जग्गा अधिग्रहणमा पर्नेको संख्या २ हजार भन्दा धेरै छ । मुआब्जाकालागि आयोजनाले २३ अर्ब रुपैयाँ वितरण गर्ने भएको छ ।

हालसम्म करिव ७० बिगा जमिनकालागि साढे ३ अर्ब रुपैयाँ वितरण भएको छ । आयोजना प्रमुख ओम शर्माले नापी कार्यालयमा आवश्यकता अनुरुप जनशक्ति नहुँदा जग्गा छुट्याउन समय लाग्ने गरेकाले किसानले मुआब्जाकालागि धेरै दिन कुर्नुपर्ने बाध्यता भएको बताए । चाँडो मुआब्जा उपलब्ध गराउन विमानस्थलकोमात्रै काम गर्ने गरि ५ जना सर्वेक्षकको टिम उपलब्ध गराउन भनेर नापी विभागसंग पत्राचार गरि माग गरेको शर्माले जानकारी दिए ।

प्रकाशित : पुस ३, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?