कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले तराईको जनजीवन प्रभावित

महोत्तरी — तराईमा चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि यहाँ शीतलहरको प्रकोप छ । चिसो स्याँठ, बाक्लो कुहिरोले सडकमा चहलपहल घटेको छ । आइतबार १० देखि १३ डिगिबवीच रहेको महोत्तरीको तापक्रम सोमबार विहान ८ डिग्रीमा झरेको छ । यस्तै ३ किमि प्रति घंण्टाको दरले चलको पश्चिमी स्याँठले जनजीवन थप अस्तव्यस्त पारेको छ ।

चिसोले तराईको जनजीवन प्रभावित

अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा न्युमोनिया, दम, कोल्ड डाईरिया भएका बिरामीको चाप बढ्न थालेको छ । चिसोको असर चौपाया र हिउँदे बालीमासमेत परेको छ ।
 
प्रशासन कार्यालयमा सोमबार दिउँसो बसको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जाडोबाट प्रभावितको सहयोगका लागि सामूहिक प्रयास गरिने निर्णय गरेका छ । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठकाअनासार स्थानीय तहसंगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने सहमति भएको हो ।

जिल्ला स्वस्थ्य प्रमुख राजिव झाकाअनुसार चिसोले बालबालिका तथा वृद्धहरुमा स्वास–प्रस्वाससम्बन्धी समस्या बढेको छ । जाडोले विपन्न समदाय बढी प्रभावित भएका छन् । ‘शनिबारदेखि असपताल भर्ना हुन आएका बालबालिकामा कोल्ड डाईरिया लागेकाहरु धेरै छन्,’ उनले भने । चीसोबाट नजोगिए शरीरलाई आवश्यक तापक्रम घटेर ‘हाईपोथर्मिया’ को डर हुने उनले जनाए । ‘हाईपोथर्मिया’ हुन नदिन बिना काम घरबाहिर ननिस्कने शरीर न्यानो राख्ने र खानपानमा विशेष ध्यान दिन पर्ने चिकित्सकको सुझाव छ ।

जिल्ला कृषि विकास कार्यालयकाअनुसार हिउँदे बालीमा पनि शितलहरको प्रभाव देखिन्छ । अकस्मात चिसो बढेपछि आलु, गोलभेडाजस्ता खेतीमा डढुवा रोगको बढ्न थाल्छ । 

यस्तै नेपाली सेनाले भने मंगलबारदेखि जलेश्वरका चोकचोकमा दाउरा र चिया वितरण सुरु गरेको छ । परिकौलीस्थित फस्ट राइफल गणका कर्णेल कृष्ण खड्काकाअनुसार गणले आफ्नै श्रोतसाधनबाट मटिहानी चोक, महेन्द्र चोक, मंदिर चोक र खयरा चोकमा बिहानैदखि दाउरा उपलब्ध गराएको हो । मौसममा सुधार नभएसम्म दाउरा र चिया वितरणलाई निरंतरता दिने सोच बनाएको उनले बताए ।

प्रकाशित : पुस ४, २०७४ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?