कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक सहमतिका लागि दलहरुलाई निर्वाचन आयोगको आग्रह

कुम्भराज राई

ओखलढुंगा — प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालका संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार ओखलढुंगा सदरमुकाममा चुनावमा खटिएका कर्मचारीहरुलाई धन्यवाद दिंदै यादवले यस्तो आग्रह गरेका हुन् । केही कानुनी समस्या समाधान भइनसकेकोले आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न नसकेको बताए ।

राजनीतिक सहमतिका लागि दलहरुलाई निर्वाचन आयोगको आग्रह

प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालका संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

मंगलबार ओखलढुंगा सदरमुकाममा चुनावमा खटिएका कर्मचारीहरुलाई धन्यवाद दिंदै यादवले यस्तो आग्रह गरेका हुन् । केही कानुनी समस्या समाधान भइनसकेकोले आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न नसकेको बताए ।

‘यतिखेर अन्तिम मतपरिणाम नेपाल सरकार, सम्मानित राष्ट्रपति र प्रदेश प्रमूखलाई बुझाउनु पर्नेछ,’ यादवले भने, ‘यतिबेला अलिकति राजनीतिक अन्यौलता, संवैधानिक कठिनाई पनि देखिएका छन् । मैला आशा गरेको छु यी सबै कुराको निकास छिट्टै हुन्छ ।’

देशमा ठूलठूला समस्या सहमतिबाटै हल भएको कारण यो समस्याको पनि निकासका लागि राजनीतिक दलहरुलाई अग्रसरता लिन उनले आग्रह गरे । यादवले भर्खरै सम्पन्न निर्वाचन विश्व नै चकित हुने गरि शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको समेत बताए ।

‘संसारले हामीलाई हेरिरहेको थियो । हामीले नयाँ संविधानको कार्यान्वयनका लागि गरिने चुनाव कसरी सम्पन्न गर्छौं भनेर,’ यादवले भने, ‘तर सबैले चुनाव हेरिसकेपछि प्रशंसा गरेका छन् । यसको परिणाम स्वीकार्य छ भनेर अन्तर्राष्ट्रिय समुदायले भनिसकेको छ ।’

यादव अनुगमन र धन्यवाद ज्ञापन लगायतका कार्यक्रमका लागि खोटाङ हुँदै यहाँ आइपुगेका हुन् । उनी मंगलबार नै राजधानीतर्फ लागेका छन् ।

प्रकाशित : पुस ४, २०७४ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?