कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली, दाहाल र देउवालाई मोदीको फोन

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

ओली, दाहाल र देउवालाई मोदीको फोन

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले यसको जानकारी दिएका हुन् । भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो जानकारी दिएका हुन् ।

‘म यहाँ कार्यक्रममा भएको बेला टेलिफोन कुराकानी भएकाले के बिषयमा कुराकानी भयो मलाई थाहा भएन,’ उनले भनेका छन् ।

मन्त्रलयमा आज आयोजित मिडिया ब्रिफिङको क्रममा रविशकुमारले उपस्थित पत्रकारहरुलाई यो जानकारी दिएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारको मिडिया ब्रिफिङ ।


प्रकाशित : पुस ६, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?