कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा चक्काजाम गर्ने सिटी चालक र प्रहरीबीच झडप

पाँच सेल अश्रुग्यास प्रहारपछि यातायात सञ्चालन
वेदराज पौडेल

इटहरी — यातायात व्यवस्था विभागले विद्युतीय रिक्सा (सिटी सफारी)लाई राजमार्गबाहेकको सहायक राजमार्गमा मात्र सञ्चालन हुने गरी निर्णय गरेपछि त्यसको विरोधमा चक्काजाममा उत्रिएका सिटी चालकविरुद्ध प्रहरी अश्रुग्यास प्रहार गरेको छ । 

इटहरीमा चक्काजाम गर्ने सिटी चालक र प्रहरीबीच झडप

इटहरी चोकमा मुख्य राजमार्गमा पनि सवारी चलाउन पाउनु पर्ने माग राखी सिटी सफारी चालकहरुले इटहरीको मुख्य चोकमा चक्काजाम गरेपछि प्रहरीले चक्काजाम खुलाउन हल्का बल प्रयोग गरेको छ । इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतका अनुसार विभागको निर्णयलाई अस्वीकार गरी चक्काजाम गर्न आएकालाई हल्का बल प्रयोग गरेर जाम खुलाइएको बताए ।

प्रहरी बल प्रयोग गरेपछि उत्तेजित भएका सिटी चलकहरुले प्रहरीलाई इटा र सिसाले प्रहार गरेपछि प्रहरीले ५ सेल अश्रुग्यास प्रयोग गरेको प्रहरीले जनाएको छ । इटहरीमा १५ सय सिटी सवारी सञ्चालनमा छन् । ती सबै सिटीको पछाडी मुख्य राजमार्गबाहेकको रुटमा चल्ने लेखिए पनि उनीहरुले मुख्य राजमार्गमा मात्रै सञ्चालन गर्दा दुर्घटना बढेको जनगुनासो आएपछि विभागले मुख्य राजमार्गबाहेक सञ्चालन गर्न प्रशासनलाई पत्र पठाएको छ ।

सिटी चालकले बिहीबार पनि यातायात व्यवस्था कार्यालय कोसीको सवारी कार्यालयमा निर्णयविरुद्धमा धर्ना दिएका थिए ।

प्रकाशित : पुस ७, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?