कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौरी चराउन रोक

काँकडाका बासिन्दाद्वारा ४ हजार घारभन्दा बढी मौरीपालन

हेटौंडा — मकवानपुरका पश्चिमी क्षेत्रका बासिन्दाले बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउन रोक लगाएका छन् ।
स्थानीयले प्रशस्तै मौरीको घार राखेकाले बाहिरका मौरीपालक कृषकलाई मौरी चराउन ल्याउन नदिएका हुन् ।

मौरी चराउन रोक

मकवानपुरका पश्चिमी क्षेत्रका बासिन्दाले बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउन रोक लगाएका छन् ।

स्थानीयले प्रशस्तै मौरीको घार राखेकाले बाहिरका मौरीपालक कृषकलाई मौरी चराउन ल्याउन नदिएका हुन् । ‘स्थानीयले पालेका मौरीलाई चिउरीको रस नपुग्ने भएकाले यो वर्षदेखि बाहिरी जिल्लाका मौरीपालकलाई मौरी चराउनमा रोक लगाएका हौं,’ वडाध्यक्ष सिंहबहादुर चेपाङले भने, ‘यहाँका बासिन्दाले व्यावसायिक मौरीपालन गर्न थालेकाले रोकेका हांै ।’ गत वर्षसम्म बाहिरी जिल्लाका मौरीपालक कृषकहरूसँग प्रतिघार १५० रुपैयाँ लिएर मौरी चराउन ल्याउन दिएका थिए ।


चितवन, काठमाडौं, सर्लाहीलगायत जिल्लाका मौरीपालकहरूले राक्सिराङ गाउँपालिका ७, काँकडाको सिलिङेको जंगलमा मंसिरको पहिलो सातादेखि नै मौरी चराउन ल्याउने गर्थे । गत वर्षसम्म बाहिरका मौरीपालकहरूले ३ हजारभन्दा बढी घारसहित मौरी चराउन ल्याएका थिए । स्थानीयको पनि ३ हजारभन्दा बढी मौरीका घार थिए । घारअनुसार चिउरीको फूल नभएकाले गत वर्ष मौरीपालक कृषकहरूले खासै आम्दानी गर्न सकेनन् । ‘चिउरीको जंगल बढेको छैन,’ सिलिङे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर मोक्तानले भने, ‘मौरीको घारमात्र बढेकाले बाहिरका मौरीपालक कृषकहरूलाई मौरी चराउन ल्याउन रोक लगाएका हौं ।’


विगतमा काँकडा सिलिङेका अधिकांश चेपाङ र तामाङ परम्परागत ढंगले मुढेघारमा सेरेना (स्थानीय) जातका मौरी पाल्ने गथ्र्ये । यस वर्षदेखि यस क्षेत्रका बासिन्दाले मुढेघारलाई विस्थापित गरेर आधुनिक घारमा मेलिफेरा (विकासे) जातका मौरीपालन गर्न थालेका छन् । यस क्षेत्रका बासिन्दाले ४ हजार घारभन्दा बढी मौरीपालन गरेका छन् । कृषि विकास कार्यालयले अघिल्लो वर्षदेखि यहाँका बासिन्दालाई व्यावसायिक ढंगले मौरीपालन गर्न घार र मौरी उपलब्ध गराउनुका साथै तालिम पनि दिएको थियो । सिलिङेका आइतेसिंह चेपाङ, विपन चेपाङ र पूर्ण स्याङतानले मात्र २/२ सय घारमा मौरीपालन गरेका छन् ।


‘उक्त क्षेत्रमा मात्र ४ हजार बढी मौरीका घार छन्,’ दिनेश चेपाङले भने, ‘स्थानीय स्रोतबाट अन्य जिल्लाका मौरीपालक कृषकले आम्दानी गरेको देखेर यहाँका बासिन्दाले पनि व्यावसायिक मौरीपालन थालेका हुन् ।’ काँकडाको सिलिङेको चिउरीको जंगललाई लक्षित गरी मंसिरदेखि मौरी चराउने गरिन्छ । फागुन दोस्रो सातासम्म यहाँ मौरी चराइन्छ । फागुन दोस्रो सातादेखि चिउरीको फूलमा गेडा लाग्न थाल्छ ।


चिउरीको रसबाट बनेको मह गुणस्तर र स्वास्थ्यवद्र्धक हुने भएकाले चिउरीको मह ग्राहकहरू आकर्षित छन् । लोथरका मह व्यापारी दिनेश चेपाङले कृषकहरूसँग प्रतिकेजी २ सय ५० रुपैयाँमा मह खरिद गरी काठमाडांै लगेर ३२० रुपैयाँमा बिक्री गर्ने गर्छन् । ‘चिउरीको मह गुणस्तरयुक्त हुने भएकाले काठमाडौंमा बिक्री भइहाल्छ,’ उनले भने, ‘मागअनुसार दिन सकिएको छैन ।’


चिउरीको मह पहिलो लट उत्पादन भइसकेको मौरीपालक कृषक आइतेसिंह चेपाङले भने ।

प्रकाशित : पुस ९, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?