कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बोक्सीको आरोपमा कुटपिट

गौर — राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । 

बोक्सीको आरोपमा कुटपिट

उपचारमा संलग्न चिकित्सक रवीन्द्र झाका अनुसार बोक्सीको अरोप लगाउँदै उनका छिमेकीले लौराले प्रहार गर्दा उनको पिँठ्युभरी नीलडाम र टाउकामा गम्भीर चोट लागेको छ ।


घाइतेका श्रीमान् शेख रइद्दिनले छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी रहँदै आएको र उनीहरूलाई गाउँकै झाँक्री बताउने शेख मजारुले जैतुनले जादुटुना गरी भूतप्रेत लगाएको बताएपछि उनीहरुले आफ्नी श्रीमतीलाई निर्घात कुटपिट गरेको बताए । उनका अनुसार कुटपिटपछि उनीहरु आफ्नी श्रीमतीलाई मलमूत्रसमेत खुवाउन खोज्दा गाउँका अन्य व्यक्ति आएपछि भागेका थिए ।

श्रीमतीलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय गौरमा निवेदन दिने तयारी भइरहेको रइद्दिनले जानकारी दिए । प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले पीडित पक्ष अहिलेसम्म उजुरी दिन नआए पनि सञ्चारमाध्यममा आएको समाचारका आधारमा पीडकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिने बताए ।

प्रकाशित : पुस १०, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?