कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको छुर्पी अमेरिका र क्यानडा 

विदेशमा कुकरलाई हड्डीको सट्टामा छुर्पी खुवाउन थालेपछि निकासी बढयो
प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा उत्पादन गरिएको छुर्पी अमेरिका र क्यानडा निकासी हुने गरेको छ । विदेशमा कुकरलाई हड्डीको सट्टामा छुर्पी खुवाउन थालेकाले निकासी हुन थालेको हो । 

मकवानपुरको छुर्पी अमेरिका र क्यानडा 

हेटौंडा उपमहानगरपालिकास्थित गायत्री डेरी उद्योगले हेटौंडामा छुर्पी उत्पादन गर्दै आएको छ । उत्पादित छुर्पी राजधानीदेखि अमेरिका र क्यानडासम्म पुग्न थालेको हो ।


अमेरिका र क्यानडामा यहाँ उत्पादन गरिएको छुर्पी कुकुरलाई खुवाउने गरिएकाले माग बढ्दो छ । यहाँ गाईको दूधबाट छुर्पी उत्पादन हुन्छ । नकाटेको छुर्पी (लास्सा) अमेरिका र क्यानडामा निकासी हुने गरेको हो । टुक्रा पारिएको छुर्पी राजधानीलगायत ठूला सहरमा बिक्री हुने गरेको उद्योगले जनाएको छ ।


सुरुसुरुमा हेटौंडामा बढी गर्मी भएर छुर्पी उत्पादन गर्न समस्या देखिएर मकवानपुरको भैंसेस्थित किटनीको डाँडामा छुर्पी उद्योग स्थापना गएिको थियो । त्यस स्थानमा दूध लैजान र उत्पादित छुर्पी ल्याउन कठिन भएपछि चिसो बनाउने उपकरण जडान गरी हेटौंडामै उद्योग स्थापना गरिएको छ ।


उक्त उद्योगले दैनिक १ हजार ५ सय लिटर दूधको छुर्पी उत्पादन गर्दै आएको छ । उद्योगमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन् ।


छुर्पी उद्योग स्थापना भएपछि गाईपालन व्यवसायलाई टेवा पुगेको जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले बताए । ‘जिल्लामा उत्पादित छुर्पी विदेशमा निकासी हुनु भनेको यो महत्त्वपूर्ण कार्य हो,’ उनले भने, ‘यहाँको छुर्पीमा पनि इलाम र रसुवामा उत्पादन गरेसरहकै गुणस्तर छ ।’


प्रकाशित : पुस १०, २०७४ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?