कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी उपरीक्षक अरुणशंकर तिमिलाको निधन

लीला श्रेष्ठ

भक्तपुर — सशस्त्र प्रहरी बल गुह्येश्वरी गण दुवाकोटमा कार्यरत प्रहरी उपरीक्षक अरुणशंकर तिमिलाको निधन भएको छ । 

प्रहरी उपरीक्षक अरुणशंकर तिमिलाको निधन

पाँच दिनअघि निमोनिया भएपछि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना गरिएका ४९ वर्षीय तिमिलाको उपचारको क्रममा बिहीबार दिउँसो निधन भएको हो । प्रहरी उपरीक्षक तिमिलालाई अस्पताल पुर्‍याएदेखि तीन दिनसम्म आइसीयु राखेर हिजो बुधबारदेखि भने भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । प्रहरी उपरीक्षक तिमिला गत साउनदेखि भक्तपुरमा खटिएका थिए । उनी २९ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए ।


प्रकाशित : पुस १३, २०७४ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?