कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी,‘मैले जवाफ दिए तपाईहरु थला पर्नुहुन्छ’

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् ।

बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी,‘मैले जवाफ दिए तपाईहरु थला पर्नुहुन्छ’

आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई यस्तो चेतावनी दिएका हुन् ।


कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भनेका छन्,‘कुनै–कुनै बुद्धिजीवीहरुको टिप्पणी अत्यन्तै असभ्य, तल्लोस्तरको देख्छु । त्यस्ता बुद्धिजीवीहरुलाई एक पटक पहिले मसँग सञ्चारमाध्यममा आउनुभन्दा अगाडि जवाफ दिदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ । त्यसकारण म उहाँहरुलाई थला पार्न चाहन्नँ । ’


सोही कार्यक्रममा प्रधानमन्त्रीले ओलीले आफूले ती बुद्धिजीवीहरुलाई जोनेको र वादविवाद अथवा आफूसँग सत्यहरुको सम्बन्धमा बहस गर्न इच्छाएको हो कि हैन भनेर समेत सोधेका छन् । उनले भनेका छन्,‘असभ्य ढंगले टिक्काटिप्पणी गरिरहँदा त्यसमा भएका अलिकति असलियत बाहिर आउँदा उहाँहरुको हालत के हुन्छ,त्यो विचार गर्नुपर्ने हो । ’


यस्तै,उनले सरकारकै भत्ता,पेन्सन खाने र सरकारी सुविधा लिएर जथाभावी बोल्ने प्रवृति देखिएको समेत बताए । गोपनियताको वास्ता नगर्ने प्रवृत्ति बढेको उनले बताए । प्रधानमन्त्री ओलीले आफूले अत्यन्तै अनुत्तरदायी र झूठो प्रचार देखेको समेत बताएका छन् । आफूविरुद्ध बुद्धिजीवीहरुले अपमानजनक टिप्पणी गरेपनि जवाफ नदिने बरु प्रश्न सोधिरहने बताए । ्


एसिया प्यासिफिक सम्मेलनका क्रममा युनिभर्सल पिस फेडेरेसनबाट एक लाख डलरको पुरस्कार लिएपछि प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न टिक्काटिप्पणी भइरहेका छन् ।

यो पनि पढ्नुहोसः

मन्त्रिपरिषद् छलेर अवार्ड

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार

प्रकाशित : मंसिर २०, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?