वाग्मती सफाइ अभियानको औचित्य

हेमराज कार्की

सभ्यता र आत्म–उत्थानका नयाँ–नयाँ आयाम विकसित भइरहेका छन्। तर हामीले भने आधारभूत कुरालाई नै बिर्संदै गइरहेको भान हुन्छ।

मानवको उत्पत्तिसँग जोडिएका जल र जीवनको साहचर्य नत पुरानो हुन्छ, न सम्बन्ध छुट्न नै सक्छ। हाम्रो शारीरिक–मानसिक स्वच्छता, सांस्कृतिक अनुष्ठान, धार्मिक कृत्य सबै नदीसँगै जोडिएका छन्। मानिसले बसोबासको प्रबन्धस्थलको रूपमा नदी किनारालाई नै सभ्यताको सुरुदेखि नै स्वीकार गरेको देखिन्छ। समाज विकासको लागि नदी सभ्यता मूलमा रहन्छ। विश्वमा जति पनि सभ्यता विकास भएका थिए, ती नदी किनारबाटै भएका छन्। मानव र प्रकृतिको अभेद्य सम्बन्ध र मानव जीवनको अस्तित्वको निरन्तरताका लागि पानीको अनिवार्यतालाई यसले प्रमाणित गर्छ। पाशुपत सभ्यताको रूपमा पनि परिचित काठमाडौं पनि जलाशय र मूलत: वागमती नदीसँग जोडिएको सभ्यता हो।

पछिल्ला दशकमा काठमाडौँमा बसाइँ–सराइको चाप तीव्र छ। त्यसकारण नदी किनार अहिले जन–चापले प्रभावित भएका छन्। देशको राजधानीको रूपमा रहेको, सबै सुविधा राजधानी केन्द्रित भएको कारण काठमाडांैले बसाइँ–सराइबाट उत्पन्न चाप बढी खप्नुपर्‍यो। यसमा थप अदूरदर्शी राजनीतिको परिणामस्वरुप अव्यवस्थित सहरीकरणका कारण उपत्यकाको बीचबाट बग्ने वागमती नदी अत्यधिक प्रदूषित हुनपुग्यो। ३० वर्ष अघिसम्म पनि नुहाउन मिल्ने वागमती अहिले पूर्णरूपले दुर्गन्धित बन्न पुगेको छ। फलस्वरुप काठमाडांैको पौराणिक महत्त्व, सौन्दर्य, काठमाडौंबासीको स्वास्थ्य लगायत धार्मिक आस्था र अधिकार नै प्रभावित भएको छ। धार्मिक आस्थालाई नै हेर्ने हो भने पशुपतिनाथ विश्वभरका हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्र हो। पर्यटकीय हिसाबले हेर्ने हो भने यो नेपालको लिच्छविकालीन कलाको एक उत्कृष्ट नमुना हो। वागमती प्रदूषणका कारण यस्तो अमूल्य धरोहर रहेको पाशुपत क्षेत्रसमेत नराम्ररी प्रभावित हुनपुगेको छ। 
तसर्थ वागमती नदी सफाइ गरी नदीमा स्वच्छ जलप्रवाहलाई सुचारु हुने वातावरण निर्माण गर्नु भनेको काठमाडांैबासीको स्वास्थ्यका लागिमात्र नभई हिमवत् खण्ड भनी चिनिने नेपालको वागमतीका साथै काठमाडौंको सभ्यता, कला र संस्कृतिलाई विश्वमा परिचित गराउनुका साथै पाशुपत संस्कृतिको रक्षा गर्नुसमेत हो। यस अपरिहार्यताको महसुस गरी वागमती सफाइ महाअभियानको शुभारम्भ २०७० जेठ ६ गतेबाट गायत्री परिवार र सामाजिक अभियन्ताहरूको पहलमा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको अगुवाइ तथा विभिन्न संघ/संस्थाको संलग्नतामा सुरु भई अघि बढिरहेको छ। यो अभियान विभिन्न चाडपर्व, बन्द, हड्ताल, भूकम्प तथा नाकाबन्दीमा समेत नरोकिई निरन्तर रहेको छ।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, वडा कार्यालयसहित १७०० भन्दा बढी संघ/संस्थाको प्रत्यक्ष संलग्नता रहेको छ। यस अभियानबाट प्रेरित भई देशभर २६ भन्दा बढी नदीहरूमा नियमित सरसफाइ अभियान सञ्चालित छन्। आजसम्म कुनै पनि आधिकारिक कार्यसमिति र कोष सञ्चालन नरहेको यो अभियान पूर्णरूपमा नेपाली नागरिकको सहभागितामूलक स्वयम्सेवी भावनाबाट सञ्चालित छ। त्यसैले यो देशकै सबभन्दा ठूलो स्वयम्सेवी अभियान हो। यसले समग्र राष्ट्र निर्माण स्वयम्सेवी भावनाबाट अगाडि बढाउन सम्भव छ भन्ने विश्वास लिने आधार तयार गरेको छ। राजनीति र साम्प्रदायिक भावनाबाट माथि रही सञ्चालित यो अभियानले नेपालीहरू देश निर्माण कार्यमा एकजुट हुन तयार छन् भन्ने सन्देश दिएको छ। 

अत: शारीरिक, मानसिक, स्वास्थ्य, संस्कृति र धर्म, सभ्यता र गौरवबोधसँग जोडिएको वागमती नदीको सफाइ अभियानमा स्वस्फुर्त रूपमा संलग्न भई योगदान पुर्‍याउनु हरेक नेपालीको कर्तव्य हो। सफा ठाउँमा नै हरेक देशका नागरिक आकर्षित हुन्छन्। फोहोर हेर्न र बेहोर्न कोही पनि आउँदैन। यसैले नदी सफाइ आर्थिक विकाससँग पनि जोडिने विषय हो। 

यस प्रकार अहिलेसम्म वागमती सफाइ महाअभियानले मानवीय सभ्यताका लागि अपरिहार्य सुसंस्कृतिको विकास गरेको कुरा सर्वत्र अनुभूत गरिएको छ। मेचीदेखि महाकालीसम्म फोहोर नगर्ने र भइसकेको भए सफाइ गर्ने चेतना जागेको छ। मानिसको जीवन एक अवसर हो, जसको सदुपयोग गर्ने बेला यही हो। अहिले नगरे कहिले गर्ने? भोलि जीवन रहन्छ कि रहंँदैन भन्ने जीवनको क्षणिकता र त्यसको तत्काल सदुपयोग गरेमा नै मानव जीवनको अस्तित्व प्रमाणित हुने सत्यबोध गराउन अभियान सहयोगी भएको छ। हामीले बाहिरी फोहोरमात्र होइन, मन र संस्कारमा रहेका मैलासमेत पखालेर निर्मल भई बांँच्नु आवश्यक छ भन्ने चेतना जागृत हुनु पनि यस अभियानको थप तर अति नै महत्त्वपूर्ण उपलब्धि हो। ‘एकले थुकी सुकी, सयले थुकी नदी’ भनेझैं यो अभियान पनि सरकारी तथा गैर–सरकारी र अभियन्ताहरूको सकारात्मक स्वार्थ एवं सबै क्षेत्रको संलग्नताबाट मात्र सम्भव भएको हो। जुन निरन्त चलिरहनु आवश्यक छ। 

प्रकाशित : श्रावण ११, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

विवेकशील साझा पार्टी घोषणा, मिश्र र थापा सहसंयोजक

आठ सदस्यीय केन्द्रीय संयोजन समिति गठन, केन्द्रीय समितिमा ३४ जना

काठमाडौं — विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबार पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता रवीन्द्र मिश्र, उज्वल थापा, किशोर थापाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरे । उनीहरुले अरु दलका नेता जसरी पद, प्रतिष्ठामा नभुली मुलुक समृद्धिको दिशामा एकढिक्का भएर अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए ।

दुवै पार्टीबाट १७, १७ गरी ३४ जनाको केन्द्रीय समिति समेत घोषणा गरिएको छ । सामूहिक नेतृत्वका लागि रवीन्द्र मिश्र र उज्वल थापा पार्टीको सहसंयोजक तोकिएका छन् । तर, बैठकको अध्यक्षता भने मिश्रले गर्नेछन् । सामूहिक नेतृत्व र निर्णयका लागि आठ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरिएको छ । समितिमा मिश्र, थापा, मुमाराम खनाल, अनुषा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, रमेश पौडेल र सूर्यराज आचार्य सदस्य छन् । त्यस्तै सातवटा प्रदेशमा एक, एकजना स‌ंयोजक रहने व्यवस्था छ ।

केन्द्रीय सदस्यहरुमा ओमप्रकाश अर्याल, किशोर थापा, प्रकाशचन्द्र परियार, रन्जु दर्शना, रमेश महर्जन, शोभा शाक्य, सरोज धिताललगायत छन् । अहिले घोषणा गरिएको ३४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशनसम्ममा विस्तार गरी ५१ जनासम्म पुर्‍याउन सकिने व्यवस्था विवेकशील साझा पार्टीले गरेको छ । पार्टीको चुनाव चिह्न तराजु हुने एकता घोषणा कार्यक्रममा जानकारी गराइएको छ ।

पार्टीले अनुशासन कमिटी बनाउने र त्यो कमिटीलाई अनुशासनको कारबाही गर्नेसम्मको अधिकार दिलाइनेछ । त्यस्तै केन्द्रीय स‌ंयोजन समितिले प्रबुद्ध नागरिक समूह गठन गर्ने व्यवस्था गरिएको छ ।

यसो भने मिश्रले

प्रकाशित : श्रावण ११, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्