कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामीलाई वाइसपास गरे बन्दुक उठ्छ : बैद्य

दीपेन्द्र बिष्ट

काठमाडौ — नेकपा-मओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरुलाई ठूला भनाउदा दलले बाइपास गरेर बन्दुक बोक्ने चेतावनी दिएका छन् । बैद्यले भने, 'हामीले जनताका एजेण्डा बोकेका छौ । हामीलाई वाइपास गरिए बन्दुक उठ्छ ।'

नेकपा-मओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरुलाई ठूला भनाउदा दलले बाइपास गरेर बन्दुक बोक्ने चेतावनी दिएका छन् । नेवाः राज्यको प्रथम अधिवेशको उद्घाटन गर्दै अध्यक्ष बैद्यले भने, 'हामीले जनताका एजेण्डा बोकेका छौ । हामीलाई वाइपास गरिए बन्दुक उठ्छ ।'
संविधानको अवसानसँगे मुलुकका सबै संबैधानिक निकायको बैधानिक सकिएको भन्दै उनले सर्वपक्षीय गोलमेचसभा नै निकासको एकमात्र विकल्प भएको बताए ।
संविधानका अन्तगरवस्तुमा गोलमेच सभाबाट सहमति गरेपछिमात्र त्यही सभाले राष्ट्रिय संयुक्त सरकार गठन गर्ने उनले बताए ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधामन्त्री बाबुराम भट्टराई संसदीय भासमा जाकिएको उनको आरोप थियो । २०५२ सालमा सामन्तवाद, साम्रज्यवाद र संसदवादविरुद्ध हतियार उठाएका अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई अहिले त्यही संसदीय अभ्यासमा लोभिएको उनले बताए ।

प्रकाशित : पुस १६, २०६९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?