कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ताउँदो सूर्यलाई बादलले छेकेपछि...

कान्तिपुर संवाददाता

काठमाडौं — बुधबार अपरान्ह काठमाडौंको अधिकांश आकाश खुला रहेपनि पश्चिमपट्टि भने एउटा बादलको टुक्रा देखियो । उक्त बादलको टुक्राले अस्ताउँदो सूर्य छेकेपछि उपत्यकाको पश्चिम भागमा बादल र सूर्यबीचको रमाइलो लुकमारीको दृश्यहरु देखिए ।

सोमबार राति परेको पानीले उपत्यकाको तुँवालो हटेकोले पनि बादलले छेकेसँगै निस्केका सूर्यका किरणले रोचक दृश्यावलोकन गराइदियो । पछिल्लो समय मेलम्ची खानेपानीको लागि पाइप बिच्छ्याउन र चक्रपथ विस्तारले गर्दा उपत्यकामा वायु प्रदुषण बढेको छ ।

बुधबार उपत्यका बन्द भएकोले पनि कमै मात्रामा प्रदुषण कम थियो । तर थापाथलीबाट पश्चिमतिर सूर्यको किरणसँगै धूलोको कण पनि राम्रैसँग देखियो ।

तस्बिरहरु: कञ्चन अधिकारी/हेमन्त श्रेष्ठ

हेर्नुस् १० तस्बिर :

प्रकाशित : पुस २०, २०७३ १७:२८

प्रतिक्रिया
पठाउनुहोस्