कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे संक्रान्ति पर्वले चाकु उद्योगमा भ्याइनभ्याइ [फोटो फिचर]

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौं — माघे संक्रान्ति पर्वसँगै जोडिएर आउँछ घिउ चाकु, तिलको लड्डु र तरुल । यतिबेला बजारमा यी चिजवस्तुको किनबेच भइरहेको छ । विशेषगरी माघे संक्रान्ति पर्वमै बढी प्रयोग हुने चाकु कहाँ, कसरी बन्छ भन्ने धेरैमा चासो हुन सक्छ । चाकु नेपाली उद्योगले नै उत्पादन गर्दछ ।

संक्रान्ति नजिकेसँगै टोखा चाकु एण्ड खाद्य उद्योगमा सञ्चालक र मजदुरको व्यस्तता बढेको देखिन्छ । टोखा चाकु उद्योगका सञ्चालक ह‌ंशराज श्रेष्ठ आफ्नो उद्योगले दैनिक हजार किलो चाकु उत्पादन गरिरहेको बताउँछन् । उद्योगमा श्रेष्ठका ७,८ जनाको परिवार नै खट्ने गरेका छन् । चाकु बनाउन निकै मेहनत गर्नुपर्छ । चाकु सख्खरबाट बन्छ ।   

हरेक वर्ष मंसिरदेखि पुस अन्त्यसम्म चाकु उत्पादनमा लाग्ने श्रेष्ठ परिवारले यो दुई महिनाको अवधिमा डेढ लाख आम्दानी गर्छ । सञ्चालक श्रेष्ठका अनुसार चाकु उत्पादन उनीहरुको पुर्ख्यौली पेसा नै हो । 

टोखा चाकु उद्योगले मंसिर-पुसको अलावा मागअनुसार अन्य समयमा  पनि उत्पादन गर्ने गरेको छ । उक्त चाकु काठमाडौंबाहेक नुवाकोट, पोखरा, भक्तपुर, लगायतका ठाउँमा पनि बिक्री वितरणका लागि पठाइने गरेको श्रेष्ठले बताए । 

 

 

   प्रकाशित : पुस २६, २०७३ १६:३२

प्रतिक्रिया
पठाउनुहोस्