कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्प स्मृति दिवस : यसरी मनाइयाे उपत्यकामा (फोटो फिचर)

काठमाडौं — आइतबार देशभरि नै १९ औं भूकम्प स्मृति दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ तय गरिएको छ । सरकारले वि.सं. १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ ।

आइतबार देशभरि नै १९ औं भूकम्प स्मृति दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ तय गरिएको छ ।
सरकारले वि.सं. १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ ।

काठमाडौंको साँखुमा आयोजित कार्यक्रमका सहभागीहरुले भूकम्प प्रतिरोधी संरचना बनाउने र भूकम्प सुरक्षा सूचना फैलाउने प्रतिबद्धता जनाउँदै हातेमालो गरेका थिए ।

कार्यक्रममा सरकारी अधिकारी, सुरक्षानिकाय, सर्वसाधारणको सहभागीता थियो । नेपालमा २०७२ सालमा पनि शक्तिशाली भूकम्प गए पनि त्यसबाट भत्किएका संरचनाको पुनर्निमाणले गति लिन सकेको छैन ।

तस्बिर : अनुज बज्राचार्य प्रकाशित : माघ २, २०७३ १५:३४

प्रतिक्रिया
पठाउनुहोस्