कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालभैरवको मुखबाट चारो चोर्दै भँगेरा ! [फोटोफिचर]

तस्बिर : अंगद ढकाल, शब्द : अब्दुल्लाह मियाँ

काठमाडौं — चरा प्रजातीको अध्ययन/अनुसन्धान गर्ने पन्छी संरक्षण संघ (बीसिएन) का अनुसार नेपालमा पाँच प्रजातीका भँगेरा पाइन्छन् ।

ती हुन्– घर, रुख, कैलो टाउके, पित कण्ठे रस्पेनिस भँगेरा । ‘घर भँगेराले प्राय:जसो घरमै गुँड बनाउँछ, घरमै बच्चा कोरल्छ’ पन्छी अध्यता ज्योतेन्द्रज्यू ठकुरी भन्छन्, ‘अरु प्रजातिकाले घर बाहिर नै गुँड बनाएर बच्चा कोरल्छन् ।’

बीसिएनले केही वर्षदेखि हरेक जाडो याममा भँगेरा गणना गर्दै आएको छ । ‘आइतबारदेखि राजधानीका २४ स्थानमा गणना भइरहेको छ,’ बिसिएनमा आवद्ध ठकुरीले भने, ‘विभिन्न समुह बनाएर गरिएको गणना शनिवार सकिनेछ ।’ सहरीक्षेत्र, सहरोन्मुख क्षेत्र र ग्रामिणक्षेत्र गरी तीन वटा क्लष्टरिङमा भँगेरा गणना भइरहेको हो । राजधानीमा बढ्दो कोलाहलका कारण पछिल्ला वर्षमा भँगेराको संख्या घट्दै गएको जानकारहरु बताउँछन् ।

फोटोमा देखिएका घर भँगेरा हुन् । यी घर वरिपरि नै गुँड बनाएर बस्छन् । प्रकाशित : माघ ६, २०७३ ११:५९

प्रतिक्रिया
पठाउनुहोस्