कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ वर्षमा बन्यो ‘शाश्वतधाम’ [फोटोफिचर]

नवीन पौडेल

नवलपरासी — १५ वर्ष लगाएर चौधरी फाउण्डेसनले जिल्लाको दुम्कौलिमा ‘शाश्वतधाम’ निर्माण सम्पन्न गरेको छ । सात विगाहा क्षेत्रफलमा फैलिएको मन्दिरमा गुरुकुल, योगा, धार्मिक संग्राहालय र डिजिटल धार्मिक पुस्तकालय र शाकाहारी भोजनालयसहितको मनमोहक एकम्बरेशवर शिव मन्दिर रहेको छ ।

अहिले मानिसमा निरासा बढेको र आत्मशान्ति खोजिरहेका छन्, शान्तिपूर्ण र उर्जायुक्त वातावरणमा मानसिक र आत्मीय शान्तिको अनुभवका लागि धामको निर्माण गरिएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । ‘धर्मको रक्षा गरे धर्मले सबैको रक्षा गर्ने भन्दै देवचुली र वरचुली पहाडको काखमा निर्माण गरिएको धाम नवलपरासी र नेपालकै गौरव हो’चौधरीले भने । खजुरावन शैलीमा निर्माण गरेको धामको फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । 

 

प्रकाशित : फाल्गुन १, २०७३ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्