त्रिचन्द्र क्याम्पसमा 'डान्स पार्टी'

कान्तिपुर संवाददाता

काठमाडौं — प्रणय दिवसको अवसरमा घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा डान्स पार्टी अायाेजना गरिएको छ । विद्यार्थी संगठनले अायोजना गरेको ठान्स पार्टीमा कलेजका विद्यार्थीहरु सहभागी थिए ।

अंग्रेजी महिनाको १४ तारिखलाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसकाे रुपमा संसारभर मनाउने प्रचलन छ । केही वर्षयता नेपालमा पनि यसले उल्लेख्य महत्व पाउँदै अाएको छ । 

प्रकाशित : फाल्गुन ३, २०७३ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गृहमन्त्री र निमित्त महानिरीक्षकबीच भेटघाट

कान्तिपुर संवाददाता

काठमाडौं — उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका दिनेशचन्द्र पोख्रेल र सशस्त्र प्रहरीका नवनियुक्त महानिरिक्षक सिंहबहादुर श्रेष्ठसँग भेट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानूनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी अघी बढन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृहसचिव लोकदर्शन रेग्मीको समेत उपस्थिति रहेको बैठकमा निधिले सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिए । निधिले सुन तस्करी, लागु औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई आग्रह गरे ।

यसैगरी निधिले गृहसचिव रेग्मीलाई भने नागरिकता संशोधन सम्बन्धी विधेयक र विपद् व्यवस्थापन सम्बन्धी विधेयक छिटो पेश गर्न समेत निर्देशन दिए । विगतमा मधेसी मोर्चासँग भएको सहमति अनुसारको मुद्धा फिर्ताको प्रक्रिया तत्काल टुंग्याउन पनि उनले गृहसचिवलाई आग्रह गरे ।

प्रकाशित : फाल्गुन ३, २०७३ १८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT