कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो त्रिवि क्रिकेट मैदान परिसर [फोटोफिचर]

काठमाडौं — विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत शनिबार निर्धारित नेपाल र केन्याबीचको खेल हेर्ने दर्शक बिहानै त्रिवि क्रिकेट मैदान पुगेका थिए । तर, शुक्रबार बिहानदेखि पटक पटक परेको पानीले मैदान असर गर्‍यो । जसका कारण निर्धारित बिहान ९:३० बजे सुरु हुने भनिएको खेल झण्डै साढे २ घण्टा ढिला गरी सुरु भएको छ ।

जब मैदानमा घाम लाग्न सुरु भयो त्यसक्रममा केही दर्शक रमाउँदै घामलाई चुम्न दिने, कतिपय नेपाल नेपाल भनेर हुटिङ गर्न तल्लिन देखिए । दर्शकको हुटिङ र रमाइलोकाबीच प्राविधिकहरु मैदानको तयारीमा लागिरहेकै थिए । मौसम सफा हुँदै गएपछि खेल हुने सम्भावना बढ्दै गएको थियो । जसले दर्शकमा झन् उत्साह थपिएको देखिन्छ । बिहान नैदेखि विभिन्न क्षणको तस्बिर हाम्रा फोटो पत्रकार अंगद ढ‌ंकालले कैद गरेका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७३ ११:४१

प्रतिक्रिया
पठाउनुहोस्