कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बन्छ चिनी (फोटोफिचर)

शब्द/तस्विर : माधव घिमिरे

विराटनगर — चियासँगै आउने अर्को चिजको नाम हो चिनी । चियाका पारखीमध्ये चिनी हालेर बनाइएको चिया नै बढी प्रचलित छ । के हो चिनी ? यो उखुबाट बनेको स–साना सेतो दानाको गुलियो खाद्य पदार्थ हो । उखु सख्कर, मिस्री र चिनी बनाइने कच्चापदार्थ हो । यसको रस निकालेर ती बस्तु बनाइन्छ । मोरङ, सुनसरीलगायत तराईका जिल्लामा प्रशस्त उखु खेती हुने गरेको छ ।

चिनी कसरी बन्छ ? खेतबारीमा किसानले गर्ने उत्पादनदेखि ढुवानी, प्रशोधन, गुणस्तर जाँच, ग्रेडिङ, प्याकेजिङ अनि बजारीकरणसम्म आइपुग्दा यसले लामो प्रक्रिया पार गरेको हुन्छ । किसानले उत्पादन गरेको उखु चिनी कारखानासम्म ढुवानी हुन्छ । त्यसपछि उखुलाई पेलेर रस निकालिन्छ । त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिन्छ । चिनी बन्ने भाग एकातिर अनि खेर जाने बस्तु अर्कातिर निकास हुन्छ ।

यसबीच गुणस्तर परीक्षणलगायतको प्राविधिक काम हुन्छ । अन्त्यमा हामीले चिया र अरु चिजमा प्रयोग गर्ने स्वरुपको चिनी बन्छ । त्यही चिनी बन्ने प्रकृयाबारे आज हामीले तस्विरहरुको श्रृंखला तयार पारेका छौं ।

प्रकाशित : चैत्र ३१, २०७३ १६:५०

प्रतिक्रिया
पठाउनुहोस्