कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

रारातालको मोहनी दृश्य [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौं — कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करिब ३ घण्टाको पैदलयात्रा गरेपछि राराताल पुगिन्छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाई पाँच किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा सृर्जित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्‍याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

तस्बिर सौजन्य : सन्दिप कुमार मगर  

  प्रकाशित : वैशाख ८, २०७४ १२:५३

प्रतिक्रिया
पठाउनुहोस्